Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बलात्कार आरोपमा गोरखाका माओवादी नेता देवकोटा पक्राउ

    बलात्कार आरोपमा गोरखाका माओवादी नेता देवकोटा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १ पुष २०८०
  • 630
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । प्रहरीले बलात्कार आरोपमा गोरखाका माओवादी नेता भूमिनन्द देवकोटालाई पक्राउ गरेको छ ।

    प्रहरीले काठमाडौं महानगरपालिका ३२ मा बस्दै आएका गोरखाका ६५ वर्षीय देवकोटालाई पक्राउ गरेको हो ।



    प्रहरी वृत्त बानेश्वरमा परेको जाहेरीका आधारमा देवकोटालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    देवकोटाको घरमा पहिले बसेकी १७ वर्षीया किशोरीले प्रहरी कहाँ देवाकोटाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

    देवकोटाले आफ्नै संरक्षणमा राखेर एक वर्षदेखि जबरजस्ती करणी गर्दै आएको जाहेरीमा भनिएको छ ।

    पछिल्लो समय २६ भदौ २०८० मा उनले करणी गरेको जाहेरीमा उल्लेख छ । सोही किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पेप्सिकोला बस्ने २७ वर्षीय दिपेश नेपालीलाई पनि पक्राउ गरेको छ ।

    देवकोटा र नेपालीले फरकफरक समयमा बलात्कार गरेको छुट्टाछुट्टै जाहेरी परेको छ। जिल्ला अदालत, काठमाडौंबाट दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएर छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार