Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • माओवादी नेता खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

    माओवादी नेता खामलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 408
    SHARES

    चितवन । कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोग लागेका माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन चितवन अदालतले आदेश दिएको छ ।

    चितवन अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको हो । यसअघि जिल्ला अदालतले सर्वोच्च अदालतबाट सक्कल मिसिल मगाएको थियो।



    कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी खाम काठमाडौंको ठमेलबाट पक्राउ परेका थिए। उनलाई प्रहरीले गत मंगलबार राति चितवन ल्याइएको हो।



    उनी १५ वर्षदेखि फरार थिए। श्रेष्ठलाई २०६५ वैशाख १५ मा ब्यापारी रामहरि श्रेष्ठलाई अपहरण गरेर चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको क्याम्पमा ल्याइएको थियो। त्यसैक्रममा कुटपिटबाट श्रेष्ठको मृत्यु भएको थियो।

    श्रेष्ठको शव वैशाख २८ विहान नारायणी नदीमा फ्याँकिएको थियो। २०६५ जेठ ३ गतेश्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले अपहरण गरी हत्या गरेको भनी जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार