Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सर्वोच्चले क्षेत्राधिकार मिचेको भन्दै माओवादी घटकहरूले संघर्ष गर्ने

    सर्वोच्चले क्षेत्राधिकार मिचेको भन्दै माओवादी घटकहरूले संघर्ष गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 525
    SHARES

    काठमाडौं । माओवादी घटकका पार्टीहरूले द्वन्द्वकालीन मुद्दाहरूलाई नियमित अदालतले टुंगो लगाउन खोजेको भन्दै संघर्षका कार्यक्रम ल्याउने निर्णय गरेका छन्।

    शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठकले सो निर्णय गरेको हो ।



    बैठकले शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रिया अघि बढाउन संयुक्त अपिल प्रकाशन गर्ने, संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते नागरिक समाजसँग शान्ति प्रक्रियाको बारेमा अन्तरक्रिया गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ ।



    बैठकले शान्ति प्रक्रिया उल्लंघन गर्ने, उल्ट्याउने खालका प्रवृत्ति देखिएको भन्दै शान्ति प्रक्रियाको पक्षमा र शान्ति प्रक्रियालाई छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा नै निरन्तर अभियान जारी राख्ने निर्णय गरेको हो ।

    बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव, कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजित बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत नेता सहभागी भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार