Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादी घटकको बैठक : केही दिनभित्रै सडक सङ्घर्षका कार्यक्रम ल्याउने

    माओवादी घटकको बैठक : केही दिनभित्रै सडक सङ्घर्षका कार्यक्रम ल्याउने

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 663
    SHARES

    काठमाडौं । माओवादी धारका नेताहरूले पहिलो चरणका कार्यक्रम सकिएपछि दोस्रो चरणमा सडक सङ्घर्षका कार्यक्रम समेत ल्याउने तयारी गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आठ माओवादी धारका दलहरूको बैठकले पहिलो चरणको कार्यक्रम फागुनभित्र सक्ने तयारी गरेका हो ।



    बैठकले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन र ३० गते सङ्क्रमणकालीन न्यायका सम्बन्धमा अन्तर्क्रिया गर्ने निर्णय भएको छ । साथै माओवादी धारका आठ दलका तर्फबाट संयुक्त अपिल समेत गर्ने निर्णय भएको छ ।



    सङ्क्रमणकालीन न्यायका विषयमा सबै माओवादी एक भएर जाने रणनीति बनाएका छन् । यस विषयमा सबै माओवादी धारबीच कार्यगत एकता गरेर सशक्त रूपमा दबाब दिने तयारी गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार