Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाराको निजगढ र लालबकैयामा भारी वर्षा, बेलुकासम्मै सतर्कता अपनाउन आग्रह

काठमाडौं । बारा जिल्लाको निजगढ र आसपासका क्षेत्र तथा लालबकैया जलाधारको धेरै स्थानमा वर्षा भइरहेको छ ।

पछिल्लो ३ घण्टामा सो क्षेत्रमा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो क्षेत्रमा थप वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

लालबकैया नदी र सो क्षेत्र भई बहने स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्छ, तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले बेलुकासम्मै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077