Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संसदमा अमरेशकुमार सिंहको प्रश्न - व्यापारीलाई अर्बौं दिने बैंकले गरिबलाई एक लाख ऋण दिन्छ ?

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बैंकहरू व्यापारी केन्द्रित भएको बताएका छन्।

मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस् भनेर प्रस्तुत गरिएको विधेयकमाथिको छलफलमा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन् ।

सांसद सिंहले गरिब जनतालाई पनि ऋण उपलब्ध गराउनुपर्ने बताए ।

सांसद सिंहले भने,‘जति पनि बैंक छन्, ती बैंकहरू ठूला व्यापारीहरूका लागि मात्रै छन्। नेताज्यूको घरघरमा ठूला व्यापारी आउँछन्। गरिब किसान, दलित, चेपाङ त आउँदैनन् । ठूलाले अर्बौंमा ऋण लिने, त्यो गाउँको गरिबलाई एक लाख ऋण दिन्छ? बिना धितो ऋण दिन्छ? दिँदैन नि!’

व्‍यापारीहरूले अर्बौंको ऋण पाए पनि गरिबले एक लाख पनि नपाउने सांसद सिंहको भनाइ छ। बैंकले गाउँ-गाउँमा ऋण दिने व्यवस्था गराउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077