Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्कुटर दुर्घटना हुँदा भक्तपुरमा बाबुको मृत्यु, छोरी घाइते

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डु तिनधारेमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन्।

दुर्घटनामा परि मृत्यु हुनेमा सूर्यविनायक-६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्णकुमार त्वाटीको रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका त्वाटीको उपचारको क्रममा अस्पतालमा नै शनिबार राती साढे ९ बजे मृत्यु भएको हो ।

कृष्णकुमार आफैंले चलाएको बा ९३ प ५८८१ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको थियो।

स्कुटरको पछाडि बसेकी कृष्णकुमारकी छोरी १९ वर्षीया अनिता त्वाटी सामान्य घाइते भएकी छन्। उनी उपचारपछि घर फर्किसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077