Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप छनोट खेल्ने नेपालको प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । फिफा विश्वकप छ्नोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोली घोषणा भएको छ ।

फुटबल टोलीका प्रशिक्षक भिन्सेनजो अल्बेर्टो एनेसेले फिफा विश्वकप छनोटका लागि प्रारम्भिक ३० सदस्यीय टोली घोषणा गरेका हुन्।

खेलाडीको बन्द प्रशिक्षण अगष्ट १ बाट सुरु हुने एन्फाले जनाएको छ । नेपाल भर्खरै साफ च्याम्पियनसिप खेलेर फर्किएको छ ।

नेपाली प्रारम्भिक टोली

गोलकिपर : किरण चेम्जोङ, अनिस देउला, दीप कार्की, अभिषेक बराल

रक्षक : विमल पान्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा, अन्जन राई

मिडफिल्डर : एरिक बिस्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सभ राई, विशाल तामाङ, विवेक पौडेल, कृतिस रत्न छुन्जु

फरवार्ड : आयुश घलान, नवयुग श्रेष्ठ, अन्जन बिस्ट, मनिश डाङ्गी, आशिष चौधरी, विमलघर्ती मगर, जिलेस्पी जंग कार्की, दीनेश हेन्जन ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077