Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धनगढीमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना कार्यक्रम

धनगढी । दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको सहकार्यमा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ।

मालिकार्जुन दार्चुला सेवा समिति कैलालीको आयोजना सचेतना कार्यक्रम गरिएको हो। कार्यक्रममा धनगढी उपमहानगरपालिका, यातायाता व्यवस्था कार्यालय र जिल्ला ट्राफिक प्रहरीकार्यालय धनगढीको सहकार्य रहेको थियो।

बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका सवारी चालक, सवारी धनी र स्थानीयलाई सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनसम्बन्धी कार्यक्रम गरिएको मालिकार्जुन दार्चुला सेवा समितिले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख वीरेन्द्रसिंह जोहारीले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमहरू गर्दै आएको बताए ।

सडक सुरक्षा, ट्राफिक नियम चिह्न तथा संकेतहरु, सवारी चलाउँदा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कताका सम्बन्धमा कार्यक्रम आयोजना गरिएको प्रमुख जोहारीले बताए ।

सचेतना कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री रमेश धामी र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख भरतबहादुर बोहराले दुर्घटना न्यूनीकरण गर्न सबै पक्ष जिम्मेबार बन्नुपर्ने बताएका थिए । अनुशासित भएर ट्राफिक नियमको पालन गर्न सके मात्रै दुर्घटना न्यूनीकरण हुने उहाँको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077