Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • एसईईको नतिजा यसै साताभित्र सार्वजनिक गर्ने तयारी

    एसईईको नतिजा यसै साताभित्र सार्वजनिक गर्ने तयारी

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 843
    SHARES

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।

    अहिले परीक्षाफल प्रकाशनको अन्तिम कामहरु भइरहेको बोर्डले जनाएको छ । एसईईको नतिजा कुन लेटर ग्रेडिङ अनुसार सार्वजनिक गर्ने भन्ने विषयमा भने अझै निर्णय भने भइसकेको छैन् ।



    सरकारले गत वर्षको एसईई नतिजामा नै लागु गर्ने गरी ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ तयार पारेको थियो । निर्देशिका अनुसार विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउनेको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था छ ।



    तर, गत वर्ष कोरोना महामारीको असरका कारण पठनपाठन सहज नभएको र विद्यार्थीमा मार पर्ने भन्दै बोर्डले पुरानै ग्रेडिङ प्रणालीअनुसार नतिजा निकालेको थियो ।

    गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार