Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दिपक रौनियारको फिल्म ‘राजागन्ज’ मा दयाहाङसँग स्क्रिन सेयर गर्दै निकिता

काठमाडौं । पूर्वमिस नेपाल निकिता चाण्डक दिपक रौनियारले निर्देशन गर्ने फिल्म 'राजागन्ज' मा देखिने भएकी छन्।

सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले ‘साङ्लो’पछि अर्को नेपाली सिनेमामा काम गर्ने पक्का भएको हो। पुलिस थ्रिलर कथामा बन्न लागेको फिल्ममा फिल्मको मुख्य भूमिकामा निकिता र दयाहाङ राई फाइनल भएका हुन् ।

यसअघि ‘हाईवे’ र ‘ह्वाइट सन’ निर्देशन गरेका रौनियारको यो फिल्म रामबाबु गुरुङले निर्माण गर्न लागेका हुन् ।

फिल्ममा निकितासँगै दयाहाङ, आशा मंगराती, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल, पुष्पा यादवलगायत कलाकारको अभिनय रहनेछ।

आदि फिल्मस् र बासुरी फिल्मस् प्रोडक्सनको संयुक्त प्रस्तुति रहने सिनेमाको छायांकन भने जुलाइ २८ अर्थात साउन १२ गतेदेखि सुरु हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077