Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नापी कार्यालय मनमैंजुका नापी सर्भेक्षक र लेखापढीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय मनमैंजुका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नापी सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अवशेक कार्कीविरुद्ध १ लाख ७५ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको हो।

अख्तियारले नापी कार्यालयका नापी सर्भेक्षक उपरकोटी र लेखापढी व्यवसायी कार्कीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा अनुसन्धान हुँदा उपरकरोटी र कार्कीले १ लाख ७५ हजार घुस लिएको पुष्टि भएको अख्तियारको ठहर छ।

गत चैत्र १४ गते अख्तियारको टोलीले उनीहरूलाई घुससहित नियन्त्रणमा लिएको थियो। उनीहरूविरुद्ध बरामद रकम बराबर विगोसहित कैदसाजय माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077