Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

चितवन । शनिबार रातिदेखि पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

तुइन खोला पुलनजिकै पहिरो जाँदा अवरूद्ध भएको सडक आइतबार साँझ पौने ६ बजेतिर खुलेको हो ।

सडक दुईतर्फी नै खुलेको भरतपुर डिभिजन सडक कार्यालयले जनाएको छ । इच्छाकामना गाउँपालिका-५ तुइन खोलामा नारायणगढतर्फको भागमा खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।

आइतबार दिनभर एक्साभेटरले पहिरो जाँदा खसेको ढुंगा माटो फालेपछि सडक सञ्चालनमा आएको हो । सडक खुलेपछि शनिबार रातिदेखि सडकमा अलपत्र गाडीहरु गन्तव्यतर्फ जान थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077