Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नासु कुटेको आरोपमा पक्राउ परेका वकिल रिहा

काठमाडौं । कानुन व्यवसायी अमिर लामिछाने रिहा भएका छन् । ललितपुर जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका गुरुङलाई हातपात गरेको आरोपमा पक्राउ परेका उनी आज साधारण तारेखमा रिहा भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतबार उनलाई साधारण तारेखमा रिहा गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । उनी गत बुधबार अपराह्न पक्राउ परेका थिए ।

लामिछानेले अदालतकी नासु तामाङमाथि हातपात गरेको आरोपमा प्रशासनमा अभद्र व्यवहारको मुद्दा दायर भएको थियो ।

यस्तै नेपाल बार एशोसिएनले आइतबार एक विज्ञप्ति जारी गर्दै लामिछानेलाई २४ घन्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077