Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार निर्माणका लागि आह्वान गरिएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि चार दिन अर्थात् आगामी असार २१ गते अपरान्ह ५ बजेसम्मको समय दिएर दलहरुलाई आह्वान गरेका हुन् ।

खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत दुई वा दुईभन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आह्वान गरे ।

शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077