Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बन्यो चौरपाटी गाउँपालिकाको आफ्नै प्रशासनिक भवन, परराष्ट्रमन्त्री साउदले गरे उद्घाटन

अछाम । अछामको चौरपाटी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ । आइतबार संघीय सरकारका परराष्ट्रमन्त्री एनपी साउदले उद्घाटन गरेका हुन् ।

स्थानीय तहको संरचना कायम भएको ६ वर्षपछि गाउँपालिकाका स्थानीयले अब नवनिर्मित प्रशासनिक भवनबाट सेवा लिन पाउने छन् ।

नयाँ भवनबाट कामकाज सुरु गरेपछि विषयगत कार्यालय व्यवस्थापन, जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणलाई समेत सहज महसुस हुने विश्वास गरिएको छ ।  गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले पालिकाको नवनिर्मित भवन निर्माण गर्न सहयोग गर्ने सबैलाइ धन्यवाद ज्ञापन गरेका थिए ।

उनले पालिकाको बिकास गर्नु आफ्नो मुख्य दायित्व भएकाले समग्र पालिकाको बिकासका लागि आफु प्रतिबद्ध भएर लाग्ने प्रतिवद्धता जनाए । गाउँपालिकामा शिक्षाको गुणस्तरपछि परेकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको उनको भनाई छ ।

यसअघि गाउँपालिकाले भाडाको भवनबाट सेवा दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077