Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • श्री एयरलाइन्सको उडान आजबाट नियमित

    श्री एयरलाइन्सको उडान आजबाट नियमित

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 618
    SHARES

    फाइल तस्विर

    काठमाडौं । श्री एयरलाइन्स प्रालिले आजबाट नियमित उडान गर्ने भएको छ । आइतबार निर्धारित सबै उडान स्थगित गरेको श्री एयरलाइन्सले आजबाट नियमित उडान सुरु गरेको हो ।

    आइतबार उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गरिएको थियो । एयरलाइन्सले आजबाट नियमित उडान सुरु हुने जनाएको छ ।



    यस्तै शनिबार धनगढीको अकासमा पुगेर पनि अवतरण हुन नसकेको श्री एयरलाईन्सको विमानलाई नागरिक उड्डयन प्राधिकरणले अस्थायी उडान प्रतिवन्ध लगाएको छ ।



    धनगढीको आकासबाट फर्केको विमानमा हाइड्रोलिकको समस्या देखा परेको नागरिक प्राधिकरणले आइतबार गरेको परीक्षणले देखाएको छ । सो जहाजको मर्मत गर्नुपर्ने भएकोले उडान प्रतिवन्ध लगाइएको प्राधिकरणले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार