Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

करिब २ करोडको सुन तस्करीमा बुटवलका दुई सुनचाँदी पसल सिल

बुटवल । रुपन्देहीको कालिदह नाका हुँदै भारतर्फ लैजाँदै गर्दा बरामद भएको झण्डै २ किलो सुन प्रकरणमा बुटवलका दुई वटा सुनचाँदी पसलको संलग्नता देखिएको छ ।

सुन प्रकरणमा बुटवलको अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपति सुनचाँदी पसलको संलग्नता देखिएको हो । सोही संलग्नताको आधरमा बालाजी सुनचाँदी पसल र लक्ष्मीपती सुनचाँदी पसल सिल गरिएको छ ।

बालाजी सुनचाँदी पसलका सञ्चालक इन्द्र सुनार हुन् । लक्ष्मीपती सुनचाँदी पसलकी सञ्चालक इन्द्र सुनारकी श्रीमती हुन् ।

यही असार १० गते रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ कालीदह नाका हुँदै भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटा जस्तै रङ र आकारको झण्डै साढे २ किलोको शंकास्पद वस्तु बरामद गरेको थियो ।

अनुसन्धान गर्दा इँटा जस्तो उक्त वस्तु १ केजी ९६५.३ ग्राम तौलको सुन प्रमाणित भएको थियो । दुवै पसललाई आइतबार शिल गरी अनुसन्धान शुरु गरिएको भैरहवा भन्सार कार्यालयको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077