Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुकै कारण सम्भव भयो : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले गिरिजाप्रसाद कोइरालामा अदम्य साहस र निर्णय क्षमता रहेको बताएका छन् ।

गिरिजाको १०० औं जन्मजयन्तीको अवसरमा बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले काठमाडौंमा आज गरेको कार्यक्रममा बोल्दै शशांकले यस्तो बताएका हुन् ।

शशांकले भने, ‘गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन। उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गरेर छोड्नुहुन्थ्यो। दोस्रो जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव भएको हो। ’

नेता शशांकले गिरिजाबाबुको जस्तो निर्णय क्षमता बिरलै नेतामा भेटिने बताए। गिरिजाकै कारण दोस्रो जनआन्दोलन सफल भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077