Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साहित्यकार विजय खरेलको निधन

काठमाडौं । झापाका साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा सोमबार बिहान ३ बजे निधन भएको छ । श्रीमती पार्वतीसहित अमेरिका घुम्न गएका खरेलको उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई उच्च ज्वरो आएको र शरीरभरि संक्रमण फैलिएपछि चार दिनयता भेन्टिलेटरमा राखेर राखेर टेक्सासको स्थानीय अस्पतालमा उपचार गरिँदै थियो ।

२००३ सालमा झापाको मेचीनगर वडा नं. ६ काँकडभिट्टामा जन्मिएका खरेल २०६० को दशकदेखि साहित्य लेखनमा सक्रिय थिए ।

उनका उपन्यास, कथा, निबन्ध, हाँस्यव्यंग्य, कविता, एकांकी लगायतका १५ वढी कृति प्रकाशित छन् । यो वर्ष मात्रै उनका तीन कृति प्रकाशित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077