Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले‍को अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक एक घण्टाका लागि स्थगित

बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

एमालेको अवरोधपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक आजै दिउँसो साढे २ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

बैठकको सुरुमै समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक बैजनाथ कलवालरले लुम्बिनी प्रदेश सरकारले क्रमागत योजना कटौती नगर्ने भने पनि त्यो अनुसारको बजेट नआएको भन्दै संसद चल्न नदिने चेतावनी दिए ।

प्रमुख सचेतक कलवारले बोलेसँगै एमालेका सांसदहरू उठेर विरोध गरेपछि सभामुख घर्तीले विनियोजन विधेयकमाथिको छलफलमा लैजान पटक-पटक आग्रह गरे पनि नमानेपछि सरकार र प्रतिपक्षीबीच छलफलका लागि
बैठक स्थगित गरिएको हो ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटबारे आन्तरिक सहमति नजुट्दा बजेट पेश भएको दुई साता नाघिसक्दा पनि त्यसमाथि अझै पनि छलफल सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077