Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

‘नो भोट’को व्यवस्था लागू गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले ‘नो भोट’को व्यवस्था लागू गर्ने गरी ऐनको मस्यौदा तयार गरेको छ। ‘नो भोट’ मत ५० प्रतिशतभन्दा बढी परेमा निर्वाचन रद्द हुने मस्यौदामा उल्लेख छ।

‘कुनै मतदाताले कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको भनी मतदान गर्न चाहेमा आयोगले त्यस्तो उम्मेदवारलाई समर्थन नरहने गरी मतपत्रमा मतदानको व्यवस्था (NOTA) गर्ने' आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, आयोगले कानुनमै निर्वाचनको मिति तोक्न प्रस्ताव गरेको छ। आयोगले निर्वाचन हुने दिन र निर्वाचन प्रचारप्रसारको अवधि विधेयकमा नै किटान गर्न प्रस्ताव गरेको छ।

निर्वाचन आयोगले मस्यौदा गरेको निर्वाचन कानुनसम्बन्धी एकीकृत विधेयकमा निर्वाचन कहिले गर्ने भन्नेमा विवाद नआयोस् भनेर ऐनमा नै मिति तोक्न प्रस्ताव गरेको हो। आयोगले विधेयक मस्यौदा सोमबार पारित गर्दै गृह मन्त्राालयलाई पठाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077