Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • स्वास्थ्य सेवामा थपिए २९५ सरकारी नर्स

    स्वास्थ्य सेवामा थपिए २९५ सरकारी नर्स

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । स्वास्थ्य सेवामा २९५ जना जनशक्ति थपिएका छन् ।

    लोक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरी नियुक्तिका लागि सिफारिस भएका २९५ जना स्टाफ नर्सलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार नियुक्तिपत्र दिएको छ ।



    मन्त्रालयका अनुसार नर्सिङ जनशक्तिको अभाव झेलिरहेको देशकै सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले सोमबारदेखि २४५ जना नयाँ नर्स पाएको हो।

    लोक सेवा आयोगको लिखित र अन्तरवार्ता उर्तीण गरेर आएका २९५ जना नर्समध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४५ जनालाई वीर अस्पतालमा पदस्थापन गरेको छ।

    बाँकी रहेका ५० जनालाई नेपाल सरकार मातहतका संघीय अस्पतालमा खटाएको छ।

    स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले नियुक्तिपत्र दिनुअघि सबै नर्सहरूलाई सेवाका हिसाबले नर्सिङ जनशक्ति दोश्रो भगवान नै भएको बताउँदै सेवाभावले आफ्नो कर्तव्य निर्वाह गर्न निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार