Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • उपराष्ट्रपति यादव र भ्याटिकन सिटीका गैरआवासीय राजदूतबीच भेट

    उपराष्ट्रपति यादव र भ्याटिकन सिटीका गैरआवासीय राजदूतबीच भेट

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भ्याटिकन सिटीका गैरआवासीय राजदूत आर्कविशप लियोपोल्डो जिरेलीबीच भेटवार्ता भएको छ ।

    सोमबार लैनचौरस्थित उपराष्ट्रपति निवासमा भएको शिष्टाचार भेटमा द्विपक्षीय सम्बन्धका विविध आयामलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाईएको छ ।



    उपराष्ट्रपति यादवले विश्व शान्ति, सहिष्णुता र बृहत् मानव कल्याणका पक्षमा अटल विश्वास राख्ने दुई देशबीच प्रतिबद्धताका साथ विश्व शान्तिका पक्षमा उभिन आवश्यक रहेको बताए ।

    साथै यादवले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तन, अन्तर धर्म सम्वाद तथा हरित विकास जस्ता क्षेत्रमा थप सहकार्य गर्ने सम्भावना रहेको धारणा राखे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार