Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओलीको टिप्पणी - मलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम्रो काम गरेवापत आफूलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको बताएका छन् ।

सोमबार भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले ‘देश समृद्धि होस्, जनता सुःखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरू आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लाग्ने गरेको बताए ।

उनले आफू भने कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिपर्ने बताए । आफू सरकारमा नभएपनि देश र जनताका लागि केही न केही काम गरिरहेको ओलीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077