Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विद्युतीय ट्रान्सफर्म चोरी गर्ने चारजना प्रहरीको फन्दामा

रौतहट । विद्युतीय ट्रान्सफर्म र तार चोरी गरेको आरोपमा चार जनालाई पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ४२ वर्षीय अशोक साह, ४६ वर्षीय रामलाल महतो, ३६ वर्षका विरेन्द्र राय र ३७ वर्षका सुखल महतो पक्राउ परेका हुन् ।

उनीहरुले रौतहट जिल्लाका विभिन्न स्थानका खुल्ला तथा एकान्त ठाउँमा जडान रहेका ट्रान्सफर्मरहरु आर्थिक लाभ लिने उद्देश्यले चोरी गरेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077