Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला

काठमाडौं । काठमाडौंको दुई छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन्।

अर्घाखाँची भुमिकास्थान नगरपालिका-७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने ४० वर्षीय अशोक पौडेल सोमबार खाजा पसलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यसैगरी काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका-१ कुँवर गाउँमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका घर भई कागेश्वरी मनोहरा नगरपालिका-१ सूर्यमण्डली बस्ने ७५ वर्षीय गोरे कामी सोमबार मृत अवस्थामा फेला परेका छन् ।

दुवै घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077