Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेको नाराबाजीपछि लुम्बिनी प्रदेशसभा बैठक एक घण्टाका लागि स्थगित

बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबार बसेको प्रदेशसभा बैठकमा पनि अवरोध कायमै राखेको छ ।

बैठक सुरु हुनासाथ सभामुख तुलबहादुर घर्तीले प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीलाई आर्थिक वर्ष २०८०-८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धको व्यवस्थापन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलका लागि पेस गर्न आग्रह गरेका थिए ।

त्यसपछि बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गर्न पुगेका थिए ।

नाराबाजीकै क्रममा सभामुखले अर्थमन्त्री मास्कीले राखेको प्रस्तावलाई निर्णायार्थ पेस गरेर पारित भएको घोषणा गर्दै सत्ता र प्रतिपक्षलाई छलफल गर्न भन्दै बैठक एक घण्टा स्थगित गरेका हुन् ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटबारे आन्तरिक सहमति नजुट्दा बजेट पेश भएको दुई साता नाघिसक्दा पनि त्यसमाथि अझै पनि छलफल सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077