Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

किशोरीमाथि सामूहिक बलात्कार आरोपमा दुई जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा बलात्कार आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका ९ का २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्री रहेका छन् ।

उनीहरु दुबै जना डेरी सञ्चालक हुन् । उनीहरुलाई पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दोधारा चाँदनी नगरपालिकामा बस्ने १७ वर्षीया किशोरी आइतबार साँझ सोही नगरपालिका ७ मा आफन्तको जन्मदिन मनाउन गइरहेकी थिइन् ।

त्यसैबेला हेल्थ पोस्टमा डेरी सञ्चालक उपाध्यायले मोटरसाइकलमा पुर्‍याइदिने भन्दै भित्र बोलाएर जबर्जस्ती गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।

दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077