Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रमोद अग्रहरिको फिल्म 'अदृश्य' साउन १९ मा रिलिज हुने

काठमाडौं । अभिनेता प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्म 'अदृश्य' आगामी साउन १९ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

निर्माताले प्रमुख कलाकारलाई समेट्दै सार्वजनिक गरेको नयाँ पोस्टरमा कलाकारलाई चरित्रमा प्रस्तुत गरिएको छ । पोस्टरमा अभिनेता अग्रहरीलाई लामो दाह्री, कपालमा हेल्मेट र हातमा पेस्तोलसहित भिन्न अवतारमा प्रस्तुत गरिएको छ ।

फिल्ममा प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, गीत बिष्ट, सुरज बिष्ट, सिएम भारद्वाज सुवेदी, जसिता घिमिरे, अजित रेग्मी, विकेश प्रजापती, सन्दीप बाबु लोहनीलगायत कलाकारको पनि अभिनय रहेको छ ।

पिताम्बर फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको निर्मातामा मिना बस्नेत रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077