Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • मकवानपुरबाट १९० किलो गाँजासहित १२ जना पक्राउ

    मकवानपुरबाट १९० किलो गाँजासहित १२ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 807
    SHARES

    मकवानपुर । मकवानपुरमा लागुऔषधसहित १२ जना पक्राउ परेका छन् । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट छुट्टाछुट्टै सवारी साधनबाट १९० किलो लागुऔषध गाँजासहित १२ जना पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार १४४ किलो लागुऔषध गाँजासहित ६ जना र अरु ४७ किलो लागुऔषधसहित थप ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कारमा सवार पर्सा जिल्ला वीरगंज महानगरपालिका-१४ का ४२ वर्षीय कन्हैयालाल महतो, २६ वर्षीय बिनोद मण्डल, बीरगंज–१८ का २० वर्षीया दुसमेना खातुन र २१ वर्षीया पुजा कुमारी मण्डल र मोटरसाइकलमा सवार पर्सा जिल्लाको पटेरवा सुगौली गाउँपालिका–४ का २५ वर्षीय विनय चौधरी र पर्सा जिल्लाको बीरगंज महानगरपालिका-१४ का ३९ वर्षीय विनोद पासवान रहेको प्रहरीले जनाएको छ ।



    त्यस्तै, डीएल १ जीसी ३०३५ नम्वरको ईण्डियन ट्रक चालक देश भारतको मोतिहारी जिल्ला गोबिन्द बारा बस्ने ६५ वर्षीय लालबहादुर सहनी, डीएल १२ सीए ०५७८ नम्वरको स्कारपियोमा सवार पर्साको वीरगंज महानगरपालिका(१३ बस्ने २५ वर्षीय सन्तोस गुप्ता, बाराको बिश्रामपुर गाउँपालिका वडा नम्वर–४ बस्ने २४ वर्षीय सुरज साह, २१ वर्षीय गौतम कुमार साह, पर्साको छिपहरमाई गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहमद नवसाद हुसेन र २८ वर्षीय रमेश यादवलाई पक्राउ गरिएको कार्कीको भनाइ छ ।



    चितवनबाट वीरगंजतर्फ जाँदै गरेको बागमती प्रदेश-०१-०२५ च ३३८४ नम्बरको कार र प्र २-०३-००७ प ४७५४ नम्बरको मोटरसाइकललाई शंका लागि सुरक्षा जाँच गर्दा रातोमाटे चेकपोष्टमा ४७ किलो लागूऔषध गाँजा फेला परेको हो । उनीहरु माथि थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार