Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कक्षा ९ मा पढ्ने छात्रामाथि बलात्कार, शिक्षक पक्राउ

काठमाडौं । ललितपुरको शंखमुलस्थित लिटिल फ्लावर पब्लिक स्कुलमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

ललितपुर प्रहरीले बागलुङ स्थायी घर भई कुपन्डोल बस्दै आएका २३ वर्षीय अशोक परियारलाई पक्राउ गरेको हो । उनी गणित विषयका शिक्षक हुन् ।

नाबालिग छात्रालाई प्रेमको प्रलोभनमा पारी बलात्कार गरेको भन्दै परिवारले आज जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए ।

जबरजस्ती करणीको कसुरमा जाहेरी दिएसँगै प्रहरीले शिक्षक परियारलाई हात्तीवनबाट पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077