Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवीन राप्रपा कार्यान्वयन गर्न प्रदेश संयोजक तोकिए, कुन प्रदेशमा को ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले 'नवीन राप्रपा' कार्ययोजना कार्यान्वयन गर्न सातवटै प्रदेशमा प्रदेश संयोजक तोकेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले 'नवीन राप्रपा' कार्यान्वयनका लागि मंगलबार उपाध्यक्षहरुलाई प्रदेश संयोजक तोकेका हुन् ।

पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले नवीन राप्रपा-२०८० का लागि भन्दै सातवटै प्रदेशमा संयोजक तोकिएको जानकारी दिए ।

कोशी प्रदेशमा वरिष्ठ नेता एवं उपाध्यक्ष रोशन कार्की, मधेशमा बुद्धिमान तामाङ, बागमतीमा बिक्रम पाण्डे र गण्डीमा ध्रुबबहादुर प्रधान संयोजक तोकिएका छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लुम्बिनी, उपाध्यक्षद्वय मुकुन्द श्याम गिरी कर्णाली र उद्धब पौडेल सुदूरपश्चिम प्रदेश संयोजक तोकिएका हुन् । राप्रपाको केन्द्रीय समिति र कार्यसम्पादन समितिको बैठकले नवीन राप्रपा–२०७८ को कार्ययोजना पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077