Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जातीय विभेदविरुद्ध आज मण्डलामा खबरदारी कार्यक्रम गर्दै जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले जातीय विभेदविरुद्ध आज खबरदारी कार्यक्रम गर्ने भएको छ ।

शिल्पी दलित विशेष राष्ट्रिय समिति र जनता समाजवादी दलित मुक्ति सङ्गठनको संयुक्त आयोजनामा माइतीघर मण्डलामा आज दिउँसो १ बजे खबरदारी कार्यक्रम हुन लागेको हो ।

हालै जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनी डेराबाट निकालिएको घटनाको विरोधमा खबरदारी कार्यक्रम गर्न लागिएको जसपाले जनाएको छ ।

उक्त कार्यक्रममा पार्टीका नेता, कार्यकर्तालगायत आम नागरिकलाई जातीय विभेदविरुद्धको आन्दोलनमा सहभागी हुनसमेत सो पार्टीले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077