Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाबुराम भट्टराईको प्रश्न – विकल्प विना भारतले ईपीजी प्रतिवेदन किन लत्यायो ?

    बाबुराम भट्टराईको प्रश्न – विकल्प विना भारतले ईपीजी प्रतिवेदन किन लत्यायो ?

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 882
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन तयार भएको पाँच वर्ष बित्दा पनि थन्किँदा दुःख लागेको बताएका छन् ।

    सामाजिक सञ्जालमा लेख्दै भट्टराईले ईपीजीको प्रतिवेदन पाँच वर्षदेखि थन्किँदा दुःख लागेको बताएका हुन् । भट्टराईले विकल्पबिना भारतले ईपीजी प्रतिवेदनलाई अनौपचारिक रुपमा किन लत्याएको भनेर पनि प्रश्न गरेका छन् ।



    भट्टराईले लेखेका छन्,‘छिमेकीहरुले सुन्दर भविष्यका लागि आपसी परामर्शमार्फत् विगतका सन्धि सम्झौताहरुको बेलाबेला समीक्षा गर्छन् । त्यसैअनुसार सन् १९५० को सन्धि, सीमा समस्या, व्यापार तथा पारवहन, सुरक्षा लगायतका द्विपक्षीय सम्बन्धको समीक्षा गर्न दुवै ईपीजीलाई अधिकार दिइएको थियो । तर उपयुक्त विकल्प विना विशेषगरी भारतबाट यसलाई अनौपचारिक रुपमा किन लत्याइयो ?’



    २१ औं शताब्दी अनुसार सदियौं पुरानो नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहसँगै आफू ईपीजीको अवधारणा ल्याएको बताए ।

    अहिले त्यो प्रतिवेदन थन्किँदा पीडा महसुस हुने उल्लेख गरेका हुन् । भट्टराईले कार्पेट मुनि समस्याहरु लुकाएर राख्नु दुवै पक्षलाई हानिकारक हुने पनि उल्लेख गरेका छन् ।

    डा.भट्टराईले भारतसँगको सन् १९५० को सन्धि जस्ता मुख्य समस्या समाधान नगरी सतहीले द्विपक्षीय सम्बन्ध राम्रो बन्दैन भन्ने कुरामा नेपालका नेताहरुले ध्यान दिनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार