Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानसेनापति शर्मा र पाकिस्तानका राजदूतबीच भेटवार्ता

    प्रधानसेनापति शर्मा र पाकिस्तानका राजदूतबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि पाकिस्तानका राजदूत अबरार हुसेन हाशमीबीच भेटवार्ता भएको छ ।

    प्रधानसेनापति शर्मा र राजदूत हाशमीबीच बुधबार सैनिक मुख्यालय जंगी अड्डास्थित प्रधानसेनापतिको कार्यकक्षमा शिष्टाचार भेट भएको हो ।



    उक्त भेटघाटका क्रममा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



    यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार