Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

विष्णु रिमालको व्यंग्य - ‘प्रितम सिंह’ले बनाएका प्रधानमन्त्री प्रचण्ड !

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिको जवाफ खोज्नै पर्ने बताएका छन्।

प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि उपमहासचिव रिमालले प्रचण्डलाई प्रितम सिंहले बनाएका प्रधानमन्त्रीको संज्ञा दिएका हुन् ।

उपमहासचिव रिमालले फेसबुकमा लेखेका छन्, ‘सधैँभरि आफूले काँक्रो खाएर बियाँ अर्काको गालामा टाँस्ने कलाका च्याम्पियन पुष्पकमल दाहालजीले यसपालि बियाँ पनि आफ्नै गालामा टाँसिएको पत्तो पाउनु भएन । यो विषय अब यहीँ सकिनु हुन्न, बरु विषय यहाँबाटै सुरु हुनुपर्छ । हामी सबैले बहालवाला प्रधानमन्त्रीलाई सोध्नै पर्छ, नेपालमा प्रधानमन्त्री कसले बनाउँछ ?’

उनले यसपालि तपाईँलाई प्रधानमन्त्री कसले बनायो ? भन्दै प्रश्न गरे।

पाँच वर्षलाई सरकार बनाउने–हटाउने, ऐन कानुन बनाउने–फेर्ने–खारेज गर्ने, विकासका लागि बहस गर्ने र सुशासन कायम गर्ने÷गराउने जस्ता नेपाली जनताको अधिकार प्रयोग गर्ने गरी चुनिएका संघीय संसदका सांसदहरू कसैका रबर स्ट्याम्प हुन् र ? उनले प्रश्न गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077