Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जेनरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक रोकियो

रुपन्देही । लुम्बिनी प्रदेश सभाको बैठक चलिरहँदा जेनेरेटरमा आगलागी भएपछि बैठक स्थगित भएको छ ।

दोस्रो अधिवेशनको १७औँ बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष सम्बोधन गरेपछि प्रमुख विपक्षी दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोल्दै गर्दा लाइन काटिएको थियो ।

सभामुख तुलाराम घर्तीले चौधरीले प्रदेश सभाको जेनेरेटरमा आगो लागेकाले दश मिनेटका लागि सदन रोक्ने सूचना सांसदहरुलाई दिएका थिए ।

जेनरेटरमा आगो लागेर विद्युत् आपूर्ति बन्द भएपछि प्रदेशसभामा अँध्यारो भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077