Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

नेप्सेमा उच्च अंकको गिरावट, कारोबार पनि ३ अर्बमा खुम्चियो

काठमाडौं । नेप्से परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३९.२६ अंकले घटेर २०४९.४४ अंकमा सीमित भएको छ ।

आजको कारोबारमा सेन्सेटिभ र फ्लोट इन्डेक्ससहित सबै समूहको उपसूचक घटेको छ । नेप्से उच्च अंकले घटेपनि कारोबार रकम भने हिजोको भन्दा केही बढेको छ ।

आज विभिन्न कम्पनीका दुई सय ७७ वटा कम्पनीको ८० लाख ९२ हजार नौ सय ६९ कित्ता शेयर ५३ हजार एक सय तीन पटक खरिदबिक्री हुँदा तीन अर्ब सात करोड ३९ लाख ९२ हजार एक सय ३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको १६ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो । आज कारोबारमा आएकामध्ये १४ कम्पनीको शेयरमूल्य बढेको छ। २०८ कम्पनीको घटेको छ। त्यसैगरी २ कम्पनीको कारोबार स्थिर छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077