Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कमल थापाले भने - राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार गछौँ

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार गर्ने बताएका छन् ।

बुधबार पार्टी आवद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले शक्तिशाली वैकल्पिक शक्ति बन्नका लागि नीतिमा पुनर्विचार गर्ने बताएका हुन् ।

उनले मुलुकको भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दै राजसंस्थाको औचित्य र आवश्यकता रहेको भए पनि केन्द्रीय समिति बैठकमा ब्यक्त धारणा र देशभरिका कार्यकर्ताको भावनाको सम्मान गर्दै राजसंस्थाको विषयमा लिइराखेको नीतिमा पुनर्विचार गरिने स्पष्ट पारे ।

साथै अध्यक्ष थापाले कांग्रेस कम्युनिष्टप्रति जनताको चरम वितृष्णा रहेको उल्लेख गर्दै २०८४ को निर्वाचनमा नयाँ शक्ति जनताको रोजाई हुने जिकिर गरे ।

त्यसको लागि राप्रपा नेपाललाई नयाँ शक्ति बनाउन सबै जनवर्गीय संगठनहरुलाई संगठन केन्द्रित हुन निर्देशन समेत दिए । भ्रष्टाचार , बेरोजगारी, धर्मपरिवर्तन र कुशासनको विरुद्धमा जनतालाई जगाउनुपर्ने भन्दै थापाले जनताको पक्षमा दृढतापूर्वक उभिनसमेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077