Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हामीले प्रधानमन्त्रीको राजीनामा मागेका छैनौँ, जवाफ मागेका हौँ : रास्वपा सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद झाले यस्तो बताएका हुन् ।

आफूहरुले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सँग लागेर प्रधानमन्त्रीको राजीनामा नमागेको उनले बताए । उ

नले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति संसद, लोकतन्त्र र निर्वाचन प्रक्रियाप्रति रास्वपाको प्रश्न रहेको र सोही प्रश्नका लागि संसद बैठकमा उठेको स्पष्ट पारे ।

आफूहरुलाई प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आफूको आशंका रहेको भन्दै सोही विषयमा स्पष्ट हुन चाहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077