Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

प्रसारण लाइन नबन्दा बिजुली आपूर्तिमा समस्या

काठमाडौं । समयमै दुई प्रसारण लाइन नबन्दा विद्युत् प्रवाह अवरोध छ। वर्षायाममा विद्युत् फालाफाल हुँदा पनि बत्ती जाने, उद्योगमा नियमित आपूर्ति नहुने समस्या बढ्दो छ। विद्युत् उत्पादन नभएरभन्दा पनि प्रसारण लाइन नबन्दा बिजुली आपूर्तिमा समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

हेटौंडा–ढल्केवर–इनरुवा ४ सय केभी, हेटौंडा–भरतपुर–बदघाट २२० केभी आयोजना तीन वर्षमा पूरा हुनुपर्नेमा दशकसम्म पनि निर्माण सम्पन्न भएको छैन। लामो समयदेखि यी प्रसारण लाइन निर्माण सम्पन्न हुन नसक्दा प्रणालीमा समस्या देखिएको प्राधिकरण प्रसारण लाइन प्रमुख दीर्घायु श्रेष्ठ बताउँछन्।

‘लामो समयदेखि निर्माण सम्पन्न हुन सकेको छैन। स्थानीयको अवरोध र अदालतको स्टे अर्डरले गर्दा आयोजनाको काम लम्बिएको छ। यी लाइन भइदिएको भए सिस्टमलाई बल हुन्थ्यो,’ उनले थपे।

अहिले पूर्व र पश्चिम जोड्ने पुरानो लाइनबाट करिब ८० मेगावाट मात्र विद्युत् प्रसार भइरहेको छ। अहिलेको नयाँ लाइन बढी क्षमताको छ। करिब तीन सय मेगावाट बिजुली प्रसार हुन सक्छ। यस्तै, ढल्केवरमा आएको बिजुलीलाई पश्चिम लैजानका लागि पनि चार सय केभीको लाइन आवश्यक छ। अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077