Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • कुनै प्राविधिक समस्या नआए आज एसईईको नतिजा सार्वजनिक गरिने

    कुनै प्राविधिक समस्या नआए आज एसईईको नतिजा सार्वजनिक गरिने

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्दैछ ।

    २०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुन लागेको हो ।



    जसका लागि नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक बोलाइएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कुनै समस्या नआए बिहीबार नतिजा सार्वजनिक गरिने जानकारी दिए ।



    एसईई परीक्षामा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागि थिए । यसअघि बोर्डले यस पटकको नतिजा पनि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार