Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सानेपामा कांग्रेस जिल्ला सभापतिहरुको बैठक

काठमाडौं । पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोलाएको नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको बैठक सुरु भएको छ ।

बैठकमा पार्टी महामन्त्रीद्वय थापा, शर्मा, सहमहामन्त्री भिष्मराज आङ्दम्बे, केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, केन्द्रीय सदस्य नैनसिंह महर र जिल्ला सभापतिहरूको सहभागिता छ

बैठकमा मुख्य छलफल पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे हुने छ ।

जिल्ला सभापति उपस्थित हुन नसके उपसभापति उपस्थित भएका छन् भने भौतिक रूपमा सहभागिता जनाउन नसकेका जिल्लाका सभापतिलाई जुममार्फत अन्तर्क्रियामा सहभागी हुनसक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077