Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कलाकार रविन तामाङको आइतबार अन्त्येष्टि गरिने

    कलाकार रविन तामाङको आइतबार अन्त्येष्टि गरिने

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 816
    SHARES

    काठमाडौं । गायक तथा अभिनेता रविन तामाङको पार्थिव शवलाई आइतबार अन्त्येष्टि गरिने भएको छ । बौद्ध संस्कार अनुसार उनको आइतबार स्वयम्भूमा अन्तिम संस्कार गरिने भएको हो ।

    रविनका दुई छोरीहरु फ्रान्समा बसोबास गर्ने भएकाले नेपाल आइपुग्न समय लाग्ने र सोहीअनुसार आइतबार अन्त्येष्टि तय भएको जनाइएको छ । बौद्ध धार्मिक परम्परा अनुसार शनिवार निजी निवासमा उनको पार्थिव शरीरमा पूजा अर्चना गरिनेछ ।



    तामाङ मंगलबार बेलुका बुढानीलकण्ठ चिसेनीस्थित निवासमा मृत भेटिएका थिए । प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु मुटुको समस्याले भएको हुन सक्ने जनाइएको छ ।



    नेपाली रक ब्याण्ड ‘रविन एन्ड दि रेभोलुसन’का संस्थापक रविन पछिल्लो समय फिल्म अभिनयमा व्यस्त थिए ।

    ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत दर्जन बढी फिल्ममा अभिनय गरेका उनको पछिल्लो फिल्म ‘छड्के २’ केही अगाडि प्रदर्शनमा आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार