Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसईईको ग्रेड वृद्धि परीक्षा साउन अन्तिममा हुने

काठमाडौं । एसईईको ग्रेड वृद्धि परीक्षा साउन अन्तिममा हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको ग्रेड वृद्धि परीक्षामा साउनको अन्तिममा गर्ने भएको हो ।

बोर्डले आज एसईईको नतिजा सार्वजनिक गरेको छ । उक्त परीक्षामा ग्रेड ‘सी’ देखि ‘इ’ ग्रेडसम्म नतिजा ल्याउने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने बोर्डले जनाएको छ । त्यसका लागि अहिले नै निर्णय नभइसकेको र केही दिनमा सूचना जारी गरिने बोर्डले बताएको छ ।

यो वर्षको एसईईमा १३ हजार ९९२ विद्यार्थीले नन ग्रेड 'एनजी' अङ्क ल्याएका छन् । त्यस्तै २ हजार २०० जा विद्यार्थीको ‘इ’ ग्रेड आएको छ ।

त्यस्तै ३८ हजार ७७० जनाले डी प्लस जीपीए ल्याएका छन् । त्यस्तै ‘डी’ र ‘सी’ सम्म ग्रेड ल्याउने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।

इ र डी ले अनिवार्य रूपमा ग्रेड वृद्धि परीक्षा दिनुपर्छ । तर, डी प्लस र सी ले भने ग्रेड वृद्धि गर्न चाहेको खण्डमा मात्र परीक्षा दिनुपर्छ । त्यसका लागि अनिवार्य गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077