Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सल्यान दुर्घटना अपडेट : मृतकको संख्या तीन पुग्यो

सुर्खेत । दाङको तुलसीपुरमा गुडिरहेको यात्रुवहाक बसमा करेन्ट प्रवाह हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

बिहिबार दिउँसो गम्भीर घाइते बस धनी सल्यानको छत्रेश्वरी गाउँपालिका-६ लान्तीका ३३ वर्षीय महेन्द्र ओलीको तुल्सिपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यसअघि एकै घरका रोल्पा गंगादेब गाउँपालिका-४ का ७२ वर्षीय बालराम डाँगी र उनका छोरा ४२ वर्षीय टोपलाल डाँगीको घटनास्थलमै मृत्यु भएको थियो ।

बिहिबार बिहान तुलसीपुरबाट रोल्पाको दलसिंगेका लागि छुटेको रा १ ख ८३४ नम्बरको बस बिहीबार सल्यानको राप्ती राजमार्गको चोर खोला नजिकै जाँदा दुर्घघटना भएको हो ।

बुधबार राति हावाहुरी र पानी आउँदा सडक छेउको बिजुलीको तारमा रुख ढलेको थियो । सडकबाट बस पार हुँदा बिजुलीको तारमा छोइएर बसमा करेन्ट प्रवाह भएको जनाईएको छ ।

बसमा १९ यात्रु सवार थिए । अन्य भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077