Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नाबालिग बलात्कार प्रकरण : एलओडी क्लबका सञ्चालक सुवाल बालुवाटारबाट पक्राउ

काठमाडौं । ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) का सञ्चालक पक्राउ परेका छन् । १६ वर्षीया नाबालिग बलात्कारको मुद्दामा जोडिएका सञ्चालक राजुसिंह सुवाल बिहीबार बालुवाटारबाट पक्राउ परेका हुन् ।

उनलाई ललितपुर प्रहरी परिसरको टोलीले बिहीबार अपरान्ह पक्राउ गरेको वजनाएको छ । सुवालसँगै फरार रहेका एलओडीका अर्का सञ्चालक रुदिलबल्लव श्रेष्ठ भने अझै फरार छन् ।

उनीहरूविरूद्ध असार १३ गते नै पक्राउ पुर्जी जारी भएको थियो । उक्त क्लबबाट १६ वर्षीया नाबालिगलाई लगेर बलात्कार गरेको आरोपमा पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेपछि सञ्चालकहरु तानिएका हुन् । जेठ ३१ गते ललितपुरको बागटोलमा नाबालिगलाई बलात्कार गरेको आरोप छ।

घटनाको भोलिपल्टै पीडितले कोइरालाविरुद्ध जाहेरी दिएकी थिइन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको र फरार रहेका श्रेष्ठको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077