Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हुलाक बचत बैंक बझाङका निमित्त प्रमुख कडायत र नासु भ्रष्टाचारको मुद्दामा दोषी ठहर

काठमाडौं । जिल्ला हुलाक कार्यालय बझाङका निमित्त प्रमुख रणबहादुर कडायत र खरिदार शिवराज उपाध्यायलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र न्यायाधीशहरु शालिकराम प्रसाद कोइराला तथा खुशीप्रसाद थारुको इजलासले हुलाक बचत बैंकको रकम हिनामिना गरेको अभियोगमा उनीहरुलाई दोषी ठहर गरेको हो ।

विशेषले उनीहरुलाई सजाय भने पछि निर्धारण गर्ने फैसलामा भनेको छ ।

उनीहरुले सार्वजनिक कोषको संरक्षण गर्नुपर्ने दायित्व विपरीत लापरबाही एवं बदनियतपूर्ण रुपमा सार्वजनिक कोषको दुरुपयोग गरी सरकारी रकम निजी प्रयोजनामा खर्च गरेको दाबी गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077