Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस जिल्ला सभापतिहरूको बैठक आज पनि सानेपामा बस्दै

काठमाडौं । नेपाली कांग्रेसले जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय सानेपामा बिहान ११ बजेदेखि बैठक सुरू हुन लागेको हो ।

बैठकमा ४२ जिल्ला सभापति र १८ जिल्लाबाट प्रतिनिधि सहभागी छन् । बिहीबार २६ जना जिल्ला सभापतिहरूले जिल्ला पार्टीको गतिविधि र समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राखेका थिए ।

आज बाँकी जिल्ला सभापतिहरूले धारणा राखेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बोल्नेछन् । काठमाडौं नआएका जिल्ला सभापतिलाई जुममार्फत बैठकमा सहभागी गराइएको थियो।

सदस्यता वितरण, नवीकरण र अभिलेकीकरण, विभिन्न तहमा गर्नुपर्ने सम्मेलन, पार्टी सञ्चालन र व्यवस्थापनबारे महामन्त्रीद्वय थापा र शर्माले जिल्ला सभापतिहरूसँग बैठक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077